मौसमपूर्वानुमानलाई सही, भरपर्दाे र विश्वसनीय बनाउन प्रयास


प्रत्येक वर्ष मार्च २३ मा मनाइने विश्व मौसम दिवस आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विश्व मौसम सङ्गठन स्थापना भएको दिन (स्न १९५० मार्च २३) का स्मरणमा हरेक वर्ष नेपाललगायत विश्वव्यापी रुपमा विश्व मौसम दिवस मनाइन्छ ।

यस वर्षको मौसम दिवसको नारा ‘समुद्र, जलवायु र मौसम’ रहेको छ जसले मौसम तथा जलवायुको महासागरसँगको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ । पृथ्वीको करीब ७१ प्रतिशत भाग समुद्रले ढाकेको छ । मौसम तथा जलवायुको उतारचढावमा समुद्रको ठूलो प्रभाव छ । विश्वव्यापी रुपमा दिनप्रतिदिन भूमण्डलीय तापमानमा भइरहेको वृद्धिले जलवायु चक्रको प्राकृतिक स्वरुपमा परिवर्तन भइरहेको छ । हिमालका हिउँ पग्लँदै गइरहेको छ । समुद्रमा पानीको सतह बढ्दै गइरहेको अवस्था छ । मौसम प्रणालीको स्वरुपमा अस्वाभाविक फेरबदल भइरहेको छ । फलस्वरुप नेपालमा पनि अत्यधिक गर्मी, खडेरी, भारी वर्षा, शीतलहर, चट्याङ जस्ता विषम मौसमी अवस्थामा बढोत्तरी भइरहेको छ ।

यस्ता मौसम र जलवायुजन्य विपद्बाट प्रत्येक वर्ष हुने जनधनको क्षति न्यूनीकरण हाम्रा लागि प्रमुख चुनौती बनेको छ । मौसमपूर्वानुमानलाई समयसापेक्ष सही, भरपर्दाे र विश्वसनीय बनाउन तथा पूर्वसूचना प्रणालीको थप विकास र विस्तार तथा जलवायुको विश्लेषण र आकलनलाई थप प्रभावकारी बनाउने विषयलाई विभागले उच्च प्राथमिकताका साथ जानकारी गराउँदै आइरहेको जनाएको छ । विश्व मौसम दिवसको आजको दिनले सर्वसाधारणदेखि नीतिनिर्माताको तहसम्म मौसम तथा जलवायुको महत्वबारे ध्यानाकर्षण गर्दै सचेतना जगाउने अपेक्षा विभागले गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x