ज्ञानमाण्डू।१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले दुई स्वर्ण हात पार्न सफल भएको छ ।लगनखेल स्थित आर्मी कभर्ड हलमा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले थाउलुतर्फ थानछ्वानमा स्वर्ण पदक जितेका हुन् ।
थाउलोको चवाङक्वाङमा विजयले ९.४८ अङ्क हासिल गर्दै स्वर्ण जितेका हुन् ।यता, बङ्गलादेशका मोहम्मद उमरले ९.३४ अङ्कका साथ रजत र भारतका अन्जुलले ९.१६ अङ्क बटुल्दै कांस्यमा सीमित भए ।
महिला थाउलोको चवाङक्वाङमा सुस्मिताले श्रीलङ्का र बङ्गलादेशका खेलाडीलाई पछि पर्दै स्वर्ण जितेकी हुन् । सुस्मिताले ९.४४ अङ्क जोड्न सफल भएकी थिइन् ।रजत जितेका श्रीलङ्काका पिएचजी वत्सलाले ८.८५ अङ्क जोडिन् भने कांस्य पदकमा सीमित भएकी बङ्गलादेशकी नुर बेहर बेगमले ७.५९ अङ्क मात्रै जोड्न सकिन् ।