
बिहीबार फ्लोरिडा राज्यमा मात्र १० हजार १०९ जना नयाँ संक्रमित देखिएका छन् । अमेरिकामा एकै राज्यमा यति धेरै संक्रमित फ्लोरिडामा देखिएका छन् ।अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीले बिहीबारको तथ्यांकमा जनाएअनुसार यहाँ २७ लाख ३२ हजार ६३९ जना संक्रमित पुगेका छन् ।
त्यस संक्रमणबाट यहाँ १ लाख २८ हजार ६४३ जनाको मृत्यु भइसकेको छ । बिहीबारसम्म विश्वमा यस संक्रमणबाट एक करोड भन्दा बढी मानिस संक्रमित भएका छन् भने पाँच लाख भन्दा बढी मानिसको ज्यान गएको छ ।रासस