पत्रकारिता पुरस्कार स्थापना

ज्ञानमाण्डू।मधेश मामिला जानकार डा राजेश अहिराजले नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखामा आज ‘रामचन्द्र मिश्र स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेका छन् । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखामा आज डा अहिराजले रु ५१ हजारको अक्षयकोष स्थापना गर्दै पुरस्कार स्थापना गरेका हुन् ।


उनले नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डललाई आज रु ५१ हजार हस्तान्तरण गर्दै सो रकम नेपाल पत्रकार महासङ्घ शाखाको बैंक खातामा १० वर्षको लागि अक्षयकोष स्थापना गरेका हुन् ।
महासङ्घको बैंक शाखामा मुद्दति गरिएको सो अक्षयकोषबाट वार्षिक रूपमा आउने ब्याजको रकमबाट प्रत्येक वर्ष महोत्तरीबाट मधेशको हकहितका लागि समाचार लेख्ने तथा मधेश मामिलामा कलम चलाउने पत्रकारमध्येबाट एक जनालाई पुरस्कृत गरिने छ ।
डा अहिराजले विसं २०४६ मा सद्भावना परिषद्को स्थापना हुँदा रामचन्द्र मिश्र परिषद्को संस्थापक रहेको तथा मधेशका लागि धेरै योगदान दिएको सम्झिदै महोत्तरीमा उनकै नाउँमा पत्रकारिता पुरस्कार स्थापना गरिएको बताए । उनले सो पुरस्कारका लागि अक्षयकोषलाई बढाउँदै जाने प्रतिबद्धता पनि प्रकट गरे ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x