चन्द्रागिरी हिल्सको आइपीओ नेप्सेमा सूचीकृत, हेर्नुहोस् पहिलो कारोबारको रेन्ज कती ?

ज्ञानमाण्डू।चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयर आइतबारदेखि सर्वसाधारण लगानिकर्ताहरुले धितोपत्र बजारमा करोबार गर्न सक्नेछन् ।

नेप्सेले चन्द्रागिरी हिल्स लिमिटेडको पहिलो कारोबारका लागि न्यूनतम ९६ रुपैयाँ ६९ पैसादेखि अधिकतम २९० रुपैयाँ ७ पैसासम्म रेन्ज तोकेको छ, अर्थात् सोही रेन्जभित्र रहेर चन्द्रागिरीको पहिलो कारोबार हुने नेप्सेले जानकारी दिएको छ । 'सीजीएच' या प्रतीक चिन्हमा चन्द्रागिरी हिल्स लिमिटेडको कारोबार हुनेछ । चन्द्रागिरीको चुक्ता पुँजीका आधारमा कायम १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर शुक्रबार नेप्सेमा सूचीकरण भएको हो ।

चन्द्रागिरी हिल्स कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१० कित्ता साधारण शेयरका लागि आवेदन खुल्ला गरेको थियो । सो शेयर मध्ये कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता, सामूहिक लगानी कोषहरुको लागि ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर छुट्याएर बाँकी रहेको कुल १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीले पुस २४ देखि २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो। संस्थापकतर्फ ८८ प्रतिशत र सर्वसाधरण तर्फ १२ प्रतिशत शेयर स्वामित्व हुने गरी आइपीओ निष्काशन पछि कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार कायम भएको छ।

गत माघ ९ गते बाँडफाँड भएको चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओमा १२ लाख १६ हजार ९५३ जनाको आवेदन परेको शेयर निष्कासन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । आवेदन दिएका मध्ये ५ हजार ८३८ वटा आवदन अस्विकृत भएका थिए । १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन स्वीकृत भएका थिए । योग्य आवेदकहरु मध्येबाट जम्मा १ लाख ३९ हजार ६ सय जनाले मात्रै १० कित्ताका दरले शेयर पाए भने भागयमानी भाग्यमानी दुई आवेदकले ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x