आज सम्म कायम शेयरधनीले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सभामा भाग लिन पाउने


ज्ञानमाण्डू। किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही जेष्ठ २८ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि जेठ २० गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा जेठ १९ गतेसम्म (आज सम्म) कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले साधारण सभा धनगढी, कैलालीमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ। सभाले आर्थिक वर्ष (आ.व. ) २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७८/७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सोही सभाले तोक्ने छ।

सोही सभामा मनोनीत सञ्चालकको पनि अनुमोदन गर्ने छ भने केन्द्रीय कार्यालय सार्ने विषयलाई पनि दर्साउने छ।

अन्य प्रस्तावमा कम्पनीले सञ्चालक समितिको प्रस्तावबमोजिम, चुक्ता पुजीँकाे २० प्रतिशत बाेनश शेयर वितरणको प्रस्तावलाई पनि दर्साउने छ। संस्थाले अन्य लघुवित्त संस्थाहरू गाभ्ने, गाभिने वा प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धी प्रक्रिया अगाडि बढाउन र तत् सम्बन्धी सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने र वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरूबाट आवश्यक निर्देशन प्राप्त भएमा सोही बमोजिम तथा नियमावलीमा संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी पनि सोही सभाले प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x