‘मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम’ सञ्चालन हुने

ज्ञानमाण्डू।कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले बैतडी र दार्चुलामा ‘मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रम’ सञ्चालन गरिने भएको छ । 

बैतडीका पाँच स्थानीय तह र दार्चुलाका चार स्थानीय तहमा उक्त कार्यक्रम सञ्चालनको तयारी भएको पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका पशु चिकित्सक मोहनदेव भट्टले जानकारी दिए । 

सुदूरपश्चिम प्रदेश सरकारको चालु आव २०७६/७७ को ‘मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम’अन्तर्गत उक्त कार्यक्रम सञ्चालनको तयारी भएको हो । बैतडीको पाटन नगरपालिका–१, सिगास गाउँपालिका–३, सुर्नया गाउँपालिका–३, दोगडाकेदार गाउँपालिका–४ र शिवनाथ गाउँपालिका–२ र ४ मा सो कार्यक्रम सञ्चालन हुन लागेको हो । कार्यक्रम अन्तर्गत पाटन, सिगास, सुर्नया, दोगडाकेदारमा बाख्रा पालन र शिवनाथमा कुखुरा पालनको कार्यक्रम लागू हुनेछ । 

यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका–४, मार्मा गाउँपालिका–६, नौगाड गाउँपालिका–६ र अपि हिमाल गाउँपालिका–२ र ६ मा सो कार्यक्रम सञ्चालन हुने तयारी भएको बताइएको छ । कार्यक्रमअन्तर्गत शैल्यशिखर र मार्मामा बाख्रा पालन, नौगाडमा बाख्रा र भेडा पालन तथा अपि हिमालमा भेडा पालन कार्यक्रम लागू गरिने केन्द्रले जनाएको छ । 

कार्यक्रम लागू हुने स्थानीय तहहरूमा समन्वय समिति गठन गरिन लागिएको पशु चिकित्सक भट्टले जानकारी दिए । नमुना कृषि कार्यक्रमका लागि कम्तीमा ५० जना कृषक घरधुरी समेटिनुपर्ने, ताकिएअनुसार न्यूनतम मापदण्ड हुनुपर्ने र सम्बन्धित पालिकाले सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको बताइएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x