श्रावण महिनामा विप्रेषण आप्रवाह १८.१ प्रतिशत घट्यो


ज्ञानमाण्डू। चालु आर्थिक वर्षको श्रावण महिनामा विप्रेषण आप्रवाह ‘रेमिट्यान्स’मा १८ प्रतिशत अधिकले कमी आएको छ ।केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैदेशिक रोजगारीका नेपालीहरुले पठाउने विप्रेषण आप्रवाह चालु आर्थिक वर्षको पहिलो महिनामा १८.१ प्रतिशतले घटेर ७५ अर्ब ९६ करोड रुपैयाँमा सिमित भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भई ९२ अर्ब ७१ करोड रुपैयाँ पुगेको थियो । चालु आर्थिक वर्षको श्रावणमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३,८०० पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २८६.१ प्रतिशतले वृद्धि भई ११,६२८ पुगेको छ । गत अ.वा.को श्रावणमा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या संख्या ८०.० प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १६.४ प्रतिशतले कमी आई रु.८५ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० प्रतिशतले बढेको थियो ।
स्रोत: नेपाल राष्ट्र बैंक 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x