सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै ३१ गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९० हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ तोकिएको छ।



अघिल्लो कारोबारी दिन अर्थात बुधबार भदाै ३० गतेका दिन, छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।


विहीबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा किनबेच हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x