भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ गरिँदै

ज्ञानमाण्डू।नेपाल भ्रमण वर्ष २०२० को अन्तर्राष्ट्रिय शुभारम्भ अस्ट्रेलियाको सिड्नीबाट गरिँदै छ । विदेश स्थित नेपाली दूतावास तथा दूतावास नभएका मुलुकमा गैर आवासीय नेपालीमार्फत आज भव्य शुभारम्भ गरिने नेपाल भ्रमण वर्ष सचिवालयले जनाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भ गर्न अस्ट्रेलियाको सिड्नी पुगिसकेको कुरो उनको सचिवालयले जनाएको छ । मन्त्री भट्टराईले भव्य समारोहका बिच सिड्नीमा भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी रहेको छ । 

राष्ट्रिय रूपमा भ्रमण वर्षको सन् २०२० जनवरी १ (पुस १६ गते) काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहबिच राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट शुभारम्भ भएको थियो । सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको सोही दिन शुभारम्भ गरेका थिए । सरकारले भ्रमण वर्ष २०२० अभियानमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षको देश तथा विदेशमा प्रवर्द्धनात्मक गतिविधि सञ्चालन भइरहेको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x