दोस्रो दिन उकालो लाग्याे सुनको भाउ, चाँदी तोलाको कति ?

ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ १९ गते, सोमबर छापावाला सुनको मूल्य तोलाको ९२ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको छ । 

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

सोमबार सुनको मूल्यमा वृद्धि भए संगै चाँदीको मूल्य पनि लगातार तेस्रो दिन पनि वृद्धि भएको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा किनबेच हुँदैछ । आइतबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ८० रुपैयाँले वृद्धि भएको देख्न सकिन्छ । पछिल्लो तीन दिनमा चाँदीको मूल्य १५५ रुपैयाँले बढी सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x