बौद्ध भिक्षुहरुद्वारा प्रार्थना

ज्ञानमाण्डू।बौद्ध भिक्षुहरूले हाल अस्ट्रेलियामा भएको भीषण आगलागीमा परी दर्दनाक मृत्युवरण गर्न पुगेका मानिस तथा करोडौँ जीवजन्तुको मोक्षका लागि आज बौद्धमा प्रार्थना गरेका छन् । 

विपत्का कारण हताहत भएको दुखद घटनाप्रति समवेदना प्रकट गर्दै भिक्षुहरूले बौद्ध साहित्यका आर्य त्रिस्कन्धसूत्र, भद्रचर्या प्रणिधानराज, आर्यमैत्री प्रणिधान तथा समन्तभद्र प्रणिधान पाठ गरेका हुन् । बुद्धवचन अनुवाद समिति नेपालद्वारा आयोजना गरिएको कार्यक्रममा ती विषयवस्तुलाई पाठ गरेमा सकारात्मक ऊर्जा प्राप्त भई दिवङ्गत भएका मानिस तथा प्राणीको मुक्ति हुने धर्मावलम्बीको विश्वास छ । 

उक्त घटनाबाट मृत्युवरण गर्न पुगेका ती सम्पूर्ण प्राणीको शान्तिका लागि प्रार्थना गरिएको उक्त कार्यक्रममा अस्ट्रेलियामा १० हजार ऊँट मार्न लागिएकामा त्यसो नगर्न आग्रह गरिएको छ । केही महिना अगाडि त्यहाँ लागेको डढेलोका कारण ठुलो धनजनको क्षति पुगेको जनाइएको छ । सोही कार्यक्रममा मुलुकमा सुख, शान्ति तथा राष्ट्र कल्याणको कामना गर्दै सम्पूर्ण प्राणीको सुख, शान्ति र समृद्धिको कामनासमेत गरिएको छ । 

समितिले बौद्ध दर्शनको महत्त्वपूर्ण साहित्य प्रज्ञा पारमितालाई भोट भाषाबाट नेपालीमा अनुवादसमेत गर्न लागेको छ। समितिका अध्यक्ष टीका शेर्पाले करिब रु चार करोडको लागतमा सो साहित्य नेपालीमा अनुवाद सम्पन्न गरिने जानकारी दिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x