उच्च हिमाली क्षेत्र र सोलुखुम्बुमा गुणस्तरीय दूरसञ्चार सेवाका लागि अप्टिकल फाइबर लिंक जडान


ज्ञानमाण्डू।नेपाल टेलिकमले उच्च हिमाली क्षेत्र र सोलुखुम्बुमा अप्टिकल फाइबर लिंक जडान गरेको छ । टेलिकमले सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवा गुणस्तर थप वृद्धि हुने भएको हो । मुलुकको अति दुर्गम स्थानमध्ये सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरूले अब दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका टेलिकमले दाबी गरेको छ ।

समुद्री सतहबाट ३ हजार मिटर उचाइ्मा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई हिजो (२०७८ कात्तिक ११ गते) १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो । रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा विगत लामो समयदेखि सेवाग्राहीहरूको आवश्यकता र चाहना भएतापनि उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध हुन सकेको थिएन ।

नयाँ अप्टिकल फाइबर लिंक सञ्चालनमा अप्रत्यासित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने हुनाले सेवा नियमित हुने टेलिकमले दाबी गरेको छ । पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरूको गुणस्तर अभिवृद्धि जनाइएको छ । साथै, यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरूको मोबाइल ट्राफिक आदानप्रदान गर्न पनि सहज हुनेछ ।

विगतका वर्षहरूमा यी क्षेत्रमा टेलिफोन सेवाको गुणस्तरबारे टीकाटिप्पणी हुने गरेको सन्दर्भमा अप्टिकल फाइबर लिंक प्रयोगसँगै अब उप्रान्त ग्राहकवर्गले गुणस्तरीय सेवाको अनुभव गर्नसक्ने टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x