शहीद स्मारक ‘ए’ लिग : थ्रीस्टारद्वारा ब्रिगेड ब्वाइज पराजित

ज्ञानमाण्डू।शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा थ्री स्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा थ्री स्टार ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । 

थ्री स्टारको जीतमा सुशान्त श्रेष्ठ, अनन्त तामाङ र विदेशी खेलाडी वासिउ ओलादिरान हाजमातले एक एक गोल गरे । खेलको १५ औँ मिनेटमा सुशान्तले गोल गर्दै थ्री स्टारलाई पहिलो अग्रता दिलाए । उनले अशोक खवासको पासमा करिब सिक्स यार्ड बक्सभित्रबाट गोल गर्दै थ्री स्टारलाई पहिलो अग्रता दिलाएका हुन् । 

त्यसपछि खेलको ४१ औँ मिनेटमा अनन्तले गोल गर्दै थ्री स्टारलाई २–० को अग्रता दिलाए । उनले मिक्छेन तामाङको कर्नर पासमा हेड गोल गरेका थिए । त्यस्तै खेलको ५८ औँ मिनेटमा थ्री स्टारका हाजमातले एक गोल थपे । ब्रिगेड ब्याइजका खेलाडी रोशन राना मगरले खेलको ८९ औँ मिनेटमा एक सान्त्वना गोल फर्काए । जीतसँगै थ्री स्टारले पाँच खेलमा १० अङ्क जोडेर लिगको तेस्रो स्थानमा उक्लियो । पराजित ब्रिगेड ब्वाइज समान पाँच खेलमा छ अङ्कका साथ सातौँ स्थानमा छ । 

खेलमा तीन गोलले पछि परेको ब्रिगेड ब्वाइज खेलको ६६ औँ मिनेटमा दिपकराज सिंहले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो । थ्री स्टारका अशोक खवासलाई खराब ट्याकल गरेर लडाएपछि उनले रातो कार्ड पाएका थिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x