प्रभु बैंक लि. र जावलाखेल युवा क्लब विच सम्झौता

ज्ञानमाण्डू। प्रभु बैङ्क लि. र जावलाखेल युवा क्लब बिच प्रभु बैङ्क लि. जावलाखेल युवा क्लबको मुख्य प्रायोजक हुने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । ललितपुर जिल्ला झम्सिखेलस्थित होटेल भिभवान्तामा सम्पन्न उक्त सम्झौतामा प्रभु बैङ्क लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका तर्फबाट अध्यक्ष महेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका हुन् । 

जावलाखेल युवा क्लबसँगको सम्झौता पश्चात् जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैङ्क लि. रहनेछ । बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी नगद रु. २५ लाख उपलब्ध गराउनेछ । सो बापत जावलाखेल युवा क्लबको आधिकारिक बैङ्कका रूपमा प्रभु बैङ्क लि. रहनेछ । जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुद सम्बन्धी प्रतियोगिताहरूमा प्रभु बैङ्क लि. जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउनेछ ।

जावलाखेल युवा क्लबले प्रभु बैङ्क लि. मा आफ्नो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैङ्क मार्फत सञ्चालन गर्नेछ । जावलाखेल युवा क्लबको खेलकुद मैदानमा प्रभु बैङ्क लि. को ब्यानर, होर्डिङ बोर्ड डिस्प्ले बोर्ड लगाई प्रभु बैङ्कले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरू प्रचार प्रसार गर्नेछ ।

जावलखेल युवा क्लबका सम्पूर्ण खेलाडीहरूले सहभागिता जनाउने जुनसुकै खेलहरूमा प्रभु बैङ्क लि. लेखेको जर्सी लगाउनेछन् ।त्यस्तै, जावलाखेल युवा क्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुद सम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरूमा प्रभु बैङ्क लि. को विज्ञापन प्रसारण गर्ने कुरा यस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x