
ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५६ अंकले घटेर २९४६ दशमलव ५८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ८३ अंकले घटेर ५२५ दशमलव २८ को विन्दुमा पुगेको छ ।

आज कूल २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार ०२२ कित्ता शेयर रु १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये ट्रेडिङ उपसमूह ७८ दशमलव ९३ अङ्कले बढ्दा वित्त ४७.३८ अङ्कले, निर्जीवन बीमा ३९ अङ्कले, उत्पादन २३७.४६ अङ्कले, जीवन बीमा २९.१२ अङ्कले र सामूहिक लागनी कोष शुन्य अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ११ दशमलव ३४ अङ्कले, होटल तथा पर्यटन २.०१ अङ्कले, विकास बैंक २११.८८ अङ्कले, जलविद्युत् उपसमूह १५.९१ अङ्कले, अन्य उपसमूह ३१.५२ अङ्कले, लघुवित्त १८.६५ अङ्कले र लगानी उपसमूह १ दशमलव ०२ अङ्कले घटेका छन्।
