
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहिबार जेठ १३ गते, हिमालयन जनरल इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले बिहिबार हिमालयन जनरल इन्स्योरेन्स लिमिटेडको बोनस शेयर पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।

नेपाल स्टक एक्सचेन्जले बिहिबार हिमालयन जनरल इन्स्योरेन्स लिमिटेडको ३ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य ७४४ रुपैयाँ निर्धारण भएको छ।
सोही मूल्यलाई आधार मानेर बिहिबार हिमालयन जनरल इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले इन्स्योरेन्सको अघिल्लो कारोबारी दिन अर्थात मंगलबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ७६६ रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो । बुधबार जेठ १२ गतेका दिन बुद्ध जयन्तिको सार्वजनिक बिदा रहेको हुँदा कारोबार बन्द रहेको थियो।
इन्स्योरेन्सको आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३% बोनसशेयर र कर प्रयोजनको लागि ०.७५% नगद लाभांश वितरण गर्दैछ।
जेठ २८ गते वार्षिक साधारण सभा बोलाएको हिमालयन जनरल इन्स्योरेन्स लिमिटेडले आज जेठ १३ गतेका दिनदेखि जेठ २८ गतेसम्मका लागि संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) रहने जनाएको छ। यस अर्थ मिति जेठ १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुने छन् ।