सार्वजनिक शौचालय निर्माण हुने

ज्ञानमाण्डू।विराटनगर महानगरपालिकाभित्र सार्वजनिक शौचालयको अभाव हुन थालेपछि २० वटा शौचालय निर्माण गरिने योजना अघि सारिएको छ । दिनप्रतिदिन मानिसहरूको चाप बढ्न थालेपछि सार्वजनिक शौचालयको अभाव देखिएको विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए । 

उनले एउटा शौचालय निर्माण गर्न रु १५ लाखदेखि २० लाखसम्म खर्च हुने र अहिले महानगरपालिकाले शौचालयका लागि रु ७५ लाख बजेट विनियोजन गरेको जानकारी दिएका छन् । सार्वजनिक शौचालय निर्माण गर्दा लाग्ने खर्च अपुग हुने देखिएकाले अन्य सङ्घसंस्थासँग साझेदारी गरेर भए पनि सम्भवतः चालू आर्थिक वर्षमै निर्माण गरिने प्रमुख अधिकारीले जानकारी दिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x