नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटिटिएच, करादीबजारमा पनि सेवा शूरु



ज्ञानमाण्डू। नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन सफल भएको छ भने करादीबजारमा एफटिटिएच सेवा सुचारु भएको छ । जस्ले गर्दा अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् । 


पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन हुँदा आफुले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नुका साथै प्रविधिमैत्री समाज निर्माणमा सहयोग पुगेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताउनुभयाे । उहाँका अनुसार नेपाल टेलिकमले ग्रामीण भेगको दुरदराजदेखि सहरसम्मकै सेवामा कुनै गुनासो नआउने गरि उपभोक्तालाई प्रविधिसँग नजिक बनाउने योजना लिएको
बताउनुभयाे




गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराइले नेपाल टेलिकमले प्रदान गरेको सेवाले नगरबासी सन्तुष्ट रहेको जानकारी दिनुहुदै एफटिटिएच पूर्ण माइग्रेसनले सहरी सौन्दर्यतामा समेत सहयोग पुग्ने बताउनुभयाे । त्यसैगरि नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका प्रमुख रवि मानन्धरले एफटिटिएच सेवाको क्रमिक विस्तारले आम उपभोक्ताको जनजिवन विकसित बन्दै गएको बताउँदै अन्य प्राइभेट अपरेटरले विस्तारको गरेको सेवासँग नेपाल टेलिकमको सेवालाई तुलना गर्न नहुने बताउनुभयाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x