थप ८५५ जनामा कोरोना सङ्क्रमण

ज्ञानमाण्डू। पछिल्लो २४ घण्टामा मुलुकभर थप ८५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३३ हजार ५३३ पुगेको छ ।

 
पछिल्लो २४ घण्टामा जम्मा ११ हजार ३२७ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । यसैगरी आज ३१३ जना कोरोना सङ्क्रमण निको भएर घर फर्केका छन् । यो सँगै कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या जम्मा १९ हजार ११९ पुगेको उनले बताए ।

मुलुकभर हाल १४ हजार २५० जना आइसोलेशनमा रहेका र त्यसमध्ये होम आइसोलेशनमा पाँच हजार ६६९ एवम् संस्थागत आइसोलेसनमा आठ हजार ५८१ जना रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै मुलुकभरका क्यारेन्टिनहरुमा हाल १० हजार ४५३ जना रहेका छन् । रासस

Covid-19 Update Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x