अपाङ्गता परिचयपत्र वितरण

ज्ञानमाण्डू।गैँडाकोट नगरपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ मा ४८९ अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले अपाङ्गता परिचयपत्र कार्यविधि २०७५ को परिच्छेद २ को दफा ४ बमोजिम परिचयपत्र वितरण गरेको हो । 

नगरप्रमुख छत्रराज पौडेलले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन र अन्तर्राष्ट्रिय महा सन्धिलाई अझ व्यवहारिक एवं प्रभावकारी बनाउने गरी नगरपालिकाले कार्यविधि बनाएको जानकारी दिए । बिहीबार मात्रै नगरपालिकाले नगरभित्रका ९३ अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । अपाङ्गताको अवस्थाअनुसार नगरपालिकाले रातो, निलो, पहेँलो र सेतो गरी चार प्रकारका परिचयपत्र वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताए । 

नगरपालिकाबाट हालसम्म वडा नं १४ मा सबैभन्दा बढी र वडा नं ९ बाट सबैभन्दा कम अपाङ्गता भएका व्यक्तिले परिचयपत्र लिएका छन् । नगर उपप्रमुख विष्णुकुमारी सापकोटाको संयोजकत्वमा ११ सदस्यीय अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति गठन गरेर उनीहरूको अवस्थाअनुसार परिचयपत्र वितरण गर्दै आइएको छ । 

नगरपालिकाले निर्माण गरेको कार्यविधि अनुसार हलचल गर्न नसक्ने गरी पूर्णरूपमा अशक्त भई अपाङ्गता भएका व्यक्तिलाई ‘क’ वर्गको अपाङ्गताको परिचयपत्र वितरण गरिन्छ । यस्तै, निरन्तर अरूको सहयोग लिइरहनुपर्ने बहु अपाङ्गता भएका व्यक्तिलाई ‘ख’ वर्गको परिचयपत्र उपलब्ध गराइन्छ । त्यसै गरी, चस्मा र श्रवण यन्त्र दुवै प्रयोग गर्ने श्रवण–दृष्टिविहीन व्यक्ति, लेन्स वा म्याग्निफायरको प्रयोगबाट मात्र पढ्न सक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू समूह ‘ग’ का अपाङ्गता वर्गमा पर्दछन् ।

त्यस्तै, शारीरिक अङ्गमा सामान्य विचलन भएता पनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाइ नहुने, हात वा खुट्टा केही छोटो भएका, ठुलो अक्षर पढ्न सक्ने, न्यून दृष्टियुक्त व्यक्ति, हत्केलामुनिका कम्तीमा बूढीऔँला र चोरिऔँला भएका, खुट्टाको औँलाका भाग नभएका, श्रवण यन्त्र लगाई वा नलगाई ठुलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्ति, स्मरण शक्ति ज्यादै कम भई सिकाइमा कठिनाइ हुने बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई ‘घ’ वर्गमा राखेर नगरपालिकाले कार्यविधि निर्माण गरेको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x