ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कार्तिक २२ गते, सोमबारका दिन छापावाला सुनको मूल्य तोलाको ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबारी दिन अर्थात बिहिबार कार्तिक १८ गतेका दिन, छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन बिहिबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २५ रुपैयाँले बढेको देख्न सकिन्छ ।