
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै २३ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९० हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ तोकिएको छ।

अघिल्लो कारोबारी दिन अर्थात मङ्गलबार भदाै २२ गतेका दिन, छापावाला सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने सामान्य रकमले उेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले घटेको देख्न सकिन्छ ।