विद्यालयलाई जग्गा दान

ज्ञानमाण्डू।सङ्खुवासभाको मादी नगरपालिका–८ स्थित मावादिनमा सञ्चालित सरस्वती माविलाई स्थानीय सावित्रा लिङ्थेपले आफ्ना पितृहरूको सम्झनामा छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएकी छिन् । 

लिङ्थेपले आफ्ना स्व सासू फिपरानी लिम्बू¸ ससुरा हस्तबहादुर लिम्बू र श्रीमान् गणेशमान लिङ्थेपको स्मरणमा छोरी तिलकुमारी लिङ्थेपका नाममा रहेको विद्यालयको सिमानासँगै जोडिएको करिब रु पाँच लाख मूल्य बराबरको छ रोपनी जग्गा निःशुल्क विद्यालयलाई उपलब्ध गराएकी हुन् । जग्गा प्राप्तिसँगै विद्यालयको आवश्यक खेल मैदान र थप नयाँ भवन निर्माणका लागि सहज हुने स्थानीय समाजसेवी एवं विद्यालयका शिक्षक हर्ककुमार राईले बताएका छन् । 

शिक्षक राईका अनुसार विसं २०१७ मा स्थापना भएको विद्यालयमा अहिले बाल कक्षादेखि कक्षा १० सम्म पठनपाठन भइरहेको छ । विद्यालयले निःशुल्क जग्गा प्राप्ति गरेसँगै कक्षा ११ र १२ सञ्चालनका लागि समेत थप सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक मातृकाप्रसाद दाहालले बताए । अहिले कक्षा ११ र १२ पढ्नका लागि साबिक मावादिन गाविसका दुई वडाभित्र सञ्चालित तीन माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्रा मादी, चैनपुर, पोखरीलगायत जिल्ला बाहिर जानुपर्ने बाध्यतालाई चिर्ने उद्देश्यका साथ विद्यालयले जग्गाको खोजी गरिरहेको बेला समाजसेवी महिला लिङ्थेपले गरेको उदाहरणीय कामको मावादिन क्षेत्रमा सर्वत्र प्रशंसा भइरहेको वडाध्यक्ष पासाङ शेर्पाले बताए । हाङ्थाना मावि फाविङ, सरस्वती मावि मावादिन र जनता मावि बाघामा अहिलेसम्म कक्षा १० सम्म मात्र पढाइ हुँदै आइरहेको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x