धितालकोट, कोइलीकोट, हेम्जाकोटको सङ्गमस्थलमा पुसे पन्ध्रम तथा ल्होसार मेला

ज्ञानमाण्डू।कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ६, धिताल, हेम्जाकोटस्थित जय बराह युवा क्लबको आयोजनामा मङगलबारदेखि पुसे पन्ध्रम तथा ल्होसार मेला सुरु भएको छ । 

संस्कृतिको जगेर्नाका साथै यस क्षेत्रको पर्यटकीय विकासमा सहयोग पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले मेलाको शुभारम्भ गर्दै यहाँ सञ्चालित घर वासलाई व्यवस्थित गर्दै पर्यटन प्रवद्र्घन गरिने जानकारी दिए । धितालकोट, कोइलीकोट, हेम्जाकोटजस्ता कोटैकोटको सङ्गमस्थल भएकाले यी स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । 

माछापुच्छ्रे गाउँपालिका वडा नं ६ का वडाध्यक्ष हरिशचन्द्र ढुङ्गानाले एक आपसमा गरिने दोषारोपणले समाजको विकास सम्भव नहुने धारणा व्यक्त गरे । कार्यक्रममा क्लबका अध्यक्ष रविन गुरुङ, माछापुच्छ्रे–९ का वडाध्यक्ष दुर्गाबहादुर क्षेत्री, नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव राजाराम पौडेल, जयकोट मन्दिरका अध्यक्ष अमरबहादुर क्षेत्रीलगायते मेला तथा महोत्सवका माध्यमबाट यी ठाउँका सम्भावनालाई प्रचारप्रसार गर्न सकिने धारणा राखे । 

मेलाअन्तर्गत विभिन्न प्रतियोगितात्मक खेल राखिएकामा भलिबल खेलमा म्याग्दी चोक युवा क्लब हेमजालाई हराउँदै बौद्ध सृजनशील युवा क्लब घलेल विजयी भएको छ । मेलामा भलिबलका साथै नृत्य, घैँटो फुटाई, रसी तान्ने, मकै गन्ने, छेलो, मेच घुमाइलगायतका प्रतियोगिता राखिएको खेल संयोजक सुन्दर गुरुङले जानकारी दिएका छन् । मेला चार दिनसम्म चल्नेछ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x