शहीदको शालिक दश वर्षपछि अनावरण हुँदै

ज्ञानमाण्डू।तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित शहीद स्मारक उद्यानमा छोपि राखिएको शालिक बल्ल अनावरण हुने भएको छ । विसं २०६६ मा निर्माण सम्पन्न गरेर राखिएको शालिक दश वर्षपछि यही माघ १६ गते शहीद दिवसको दिन अनावरण गर्न लागिएको हो । 

विसं २००७ को प्रजातान्त्रिक आन्दोलनको क्रममा पुलिमराङका धर्मध्वज गुरुङले तत्कालीन सदरमुकाम बन्दीपुर कब्जा गर्ने क्रममा विसं २०१८ मा समशेर गुरुङले चितवनको भरतपुरमा, भरत गुरुङले सोही ठाउँमा र लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले कोत्रेमा सहादत प्राप्त गरेपछि उहाहरुको स्मृतिमा विसं २०६३ मा शहीद स्मारक निर्माण गरी विसं २०६६ मा शालिक राखिएको थियो । 

शहीद स्मारकमा शहीदको अर्धकदको शालिक दश वर्षदेखि ढाकिएको अवस्थामा छ । तत्कालीन जिल्ला विकास समितिले निर्माण गरेको शहीदको शालिक राखिएको स्मारक स्थलको भवन जीर्ण भएका कारण शालिक अनावरण हुन सकेको थिएन । शहीद उद्यानको भवन रेट्रोफिट गरी बलियो बनाइएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

“शहीद उद्यानको संरचना कमजोर भएकाले शहीदको शालिक अनावरण गर्न सकेका थिएनौ”, न्यौपानेले भनेका छन् , “हाल शहीद उद्यानलाई व्यवस्थित बनाएका छौँ, शहीद दिवसको दिन पारेर शालिक अनावरण गर्ने कार्यक्रम तय भइसकेको छ ।” 

शहीद उद्यान व्यवस्थित गर्नका लागि नगरपालिकाले गत आर्थिक वर्ष रु २२ लाख बजेट विनियोजन गरेको थियो । उद्यानमा कम्पाउन्ड, शौचालय निर्माणलगायतका काम भएको छ । “शहीदको शालिक ढाकिएको अवस्थामा राखिरहनु सुहाउँदो विषय थिएन, त्यसैले बजेट विनियोजन गरेर शहीद उद्यानलाई व्यवस्थापन गरेका हौ । ” नगरप्रमुख न्यौपानेको भनाइ रह्यो । उद्यानका लागि चालू आवमा रु २५ लाख विनियोजन गरिएको छ । रु सात लाखले उद्यानको थप विकासका लागि गुरुयोजना बनाइएको छ । गुरुयोजनाअनुसार उद्यानलाई विकास गर्न रु सात करोड बजेट प्रस्ताव गरिएको छ । बाँकी रु १८ लाख बजेटले उद्यानमा थप निर्माणका काम गरिने नगरपालिकाले जनाएको छ । 

विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुलिमराङ भ्रमणको क्रममा शहीद स्मारक र उद्यान बनाउन निर्देशन दिएका थिए । यसपछि शहीद स्मारक निर्माण समिति गठन गरिकाम अगाडि बढाइएको स्मारक निर्माण समितिका अध्यक्ष एकबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार तत्कालीन समयमा उद्यान र स्मारक निर्माण गर्न जग्गा खोज्ने क्रममा केही अलमल भएपछि विसं २०६३ मा मात्र स्मारक निर्माण सुरु गरिएको थियो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x