नेपाल टेलिकमको विन्टर अफर



ज्ञानमाण्डू।नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर (Winter offer) उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा कम्पनीको वर्षिकोत्सव (२०७६ माघ २२ गते) देखि नै लागू भइसकेको छ र आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिनेछ । यो भन्दा पहिले उपलब्ध अटम अफर (Autum offer) अन्तगर्त का सेवाहरुमा केही थप सुविधा तथा नयाँ प्याकेज समते उपलब्ध गराएर विन्टर अफर ल्याइएको छ । जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड पोष्टपेड मोबाइलमा यी अफर प्रयोग गर्न सकिन्छ ।

अल टाइम डाटा प्याक
अल टाइम डाटा प्याक अन्तर्गत १५ रुपैया देखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत ६० एमबी देखि १४ हजार एमबी सम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिनसम्म हुनेछ ।

डे डाटा प्याक
बिहान ६ बजे देखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न  सकिने डे डाटा प्याक अन्तगर्त अब १५ रुपैयाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिने छ । साथै १० रुपैयामा ८० एमबी डाटा समते प्रयोग गर्न सकिने छ । यी दुबै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिने छ ।

नाइट डाटा प्याक
बेलुकी ११ बजेदेखि विहान ६ बजेसम्म चलाउन सकिने नाइट डाटा प्याक १२ रुपैयामा ४ सय एमबी खरिद गर्न सकिने छ । अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक उपलब्ध गराइएको छ ।

सोसियल मिडिया प्याक
सोसियल मिडिया प्याक अन्तर्गत सामाजिक सञ्जाल फसे बुक, इन्स्टाग्राम, हवाट्सएप र ट्वीटर चलाउन सकिने छ । यस अन्तर्गत १० रुपैयाँमा ७० एमबी डाटा १ दिन, ३५ रुपैयाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपैयाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध हुनेछ । यी प्याक जुनसुकै समयमा पनि चलाउन सकिने छ ।

युट्युब (स्ट्रिमिङ) डाटा प्याक
युटय् बु चलाउन १ दिन, ३ दिन र ७ दिन समयावधिका लागि प्याक लिन सकिन्छ । यी प्याक क्रमशः १५ रुपैयाँ ३० रुपैयाँ र ६० रुपैयामा खरिद गर्न  सकिन्छ । यसका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र १ हजार ४ सय एमबी प्राप्त हुन्छ ।

डे टाइम भ्वाइस प्याक
डे टाइम भ्वाइस प्याक अन्तर्गत अब १५ रुपैयाँमा बिहान ५ देि ख बेलुकी ५ बजेसम्म कल गर्न सकिने छ । त्यसैगरी १० रुपैयाँ १ सय मिनेटको भ्वाइस प्याक प्रयागे गर्न सकिन्छ । यी प्याक २४ घण्टाभित्र उपयोग गर्न सकिने छ ।

पोष्टपेड प्याक
जीएसएम पोष्टपेडका लागि विभिन्न प्रकारको प्याक उपलब्ध भइरहेकोमा अब ३ सय रुपैयाँको नयाँ प्याक समेत थप गरिएको छ । यस अन्तर्गत ६ सय २० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिन्छ । सो प्याक ३० दिनभित्र प्रयोग गर्न सकिन्छ ।

बिग डाटा प्याक
नयाँ प्याकका रुपमा कम्पनीले बिग डाटा प्याक समेत उपलब्ध गराएको छ । यस अन्तर्गत १ हजार ६ सय रुपैयाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपैयाँमा १ सय ८० दिनका लागि ६० जीबी डाटा खरिद गर्न सकिन्छ ।

कम्पनीले अटम अफरको रुपमा उपलब्ध गराइरहेका अन्य अफरहरु भने विन्टर अफरमा पनि यथावत् रहेका छन् ।

पहिलो पटक नेपाल टेलिकम एप डाउनलोड गर्ने ग्राहकलाई एक सय एमबी डाटा भोल्युम ब्यालेन्सको रुपमा समेत उपलब्ध छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि *1415# मा डायल गर्न सकिन्छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने कुरा टेलिकमले प्रेस विज्ञप्तिद्वारा जनाएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x