धितोपत्र बजारमा दोहोरो अङ्कको वृद्धि, यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

ज्ञानमाण्डू।साताको पहिलो करोबारी दिन धितोपत्र बजार मापक नेप्से परिसूचक र कारोबार रकम दुबैमा सकारात्मक उछाल आएको छ। नेप्से ५० दशमलव २० अंकले बढेर २४२४ दशमलव ८४ को विन्दुमा कायम भएको छ । निकै उच्च विन्दुमा पुगेको नेप्से परिसूचक आइतबार २ दशमलव ११ प्रतिशत बढेर २४२४ दशमलव ८४ विन्दुमा पुगेको हो । ट्रेडिङ बाहेक आज अरु उपसूचक सबैमा सकारत्मक वृद्धी भएको छ ।

आज कूल २ सय ७ सय वटा कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

कारोवार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ६६ करोड ८२ लाख ७३ हजार १९५ मा खरिद बिक्री भयो । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको शेयर रु ३४ करोड ७९ लाख ५१ हजार ४९२ बराबरको कारोबार भएको छ।

यत, नेपाल टेलिकमको ३१ करोडमाथिको शेयर कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको २४ करोडमाथि, प्राइम कमर्सियल बैंकको २३ करोडमाथि, नेको इन्स्योरेन्सको २२ करोडमाथिको शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x