शहीद स्मृति उद्यान बनाइँदै

ज्ञानमाण्डू।तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा निर्माण गर्न लागिएको शहीद स्मृति उद्यानको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई हस्तान्तरण गरिएको छ । शहीद उद्यान निर्माण समितिले सोमबार मन्त्री भट्टराईलाई प्रतिवेदन हस्तान्तरण गर्दै आवश्यक बजेट विनियोजन गर्न माग गरेको छ । 

निर्माण समितिका अध्यक्ष बाबुराम विक, सचिव रामकुमार श्रेष्ठ र सल्लाहकार ओमकुमारी पौडेलले संयुक्तरूपमा मन्त्री भट्टराईलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए । भानु नगरपालिकाको रु १० लाखको लागतमा प्रतिवेदन तयार गरिएको र उद्यान निर्माण गर्न नगरपालिकाले थप रु १० लाख विनियोजन गरेको निर्माण समितिका अध्यक्ष विकले जानकारी दिए । 

ओख्ले सामुदायिक वनको १५३ रोपनी जग्गामा राणा विरुद्धको आन्दोलन, पञ्चायत विरुद्धको आन्दोलन, जनयुद्ध तथा विभिन्न आन्दोलनका शहीदको स्मृतिमा उद्यान निर्माण गर्न लागिएको छ । उद्यान निर्माणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिने समितिले जनाएको छ । उद्यानमा शुरुआती चरणमा भानु नगरपालिकाभित्र घर भएका शहीदको स्मारक राख्ने योजना भए पनि भविष्यमा जिल्लाभरका शहीदको स्मारक बनाइनेछ । 

उद्यान निर्माण गरिने डाँडाको टुप्पोमा स्थानीयवासीले वर्षौँदेखि पूजा गर्दै आएको कालिका मन्दिर रहेको हुँदा उक्त मन्दिरसम्म पुग्ने पैदल मार्गसमेत निर्माण गरिने र मन्दिरलाई विशेष प्रकारले संरक्षण गर्ने योजना रहेको छ । रु १२ करोडको लागतमा निर्माण हुने उद्यानमा शहीदका स्मारकबाहेक भ्यूटावर (दृश्यावलोकन स्तम्भ), चिल्ड्रेन पार्क (बाल उद्यान), फन पार्क (मनोरञ्जन उद्यान), ४०० जना अट्ने सभा हल, पैदल मार्ग, साहित्यिक स्रष्टाको स्मारक, फूलको बगैँचा, रेष्टुरेन्ट, कफी हाउस, सवारी पार्किङ स्थललगायतका संरचना निर्माण गरिने उद्यान निर्माण समितिका सल्लाहकार पौडेलले जानकारी दिए । 

प्रतिवेदन ग्रहण गर्दै मन्त्री भट्टराईले शहीदको सम्मानमा निर्माण हुने उद्यानमा सरकारको तर्फबाट बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x