
ज्ञानमाण्डू।जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको मिती २०७७ साल माघ १९ गते सोमबारका दिन बसेको सञ्चालक समितिको १६४ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०६६/०६७ को मुनाफाबाट हाल कायम चुक्ता पूजी को ५२ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ४९ दशमलव ४० प्रतिशत बोनस सेयर र कर स्वरूप २ दशमलव ६० प्रतिशत नगद गरी कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले लाभांश पाउने संस्थाले जानकारी दिएको छ ।
जनउत्थान लघुवित्तले हाल कायम ७ करोड ९२ लाख रुपैयाँ चुक्ता पुँजीमा उक्ता लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित बोनस वितरणपछि पुँजी ११ करोड ८३ लाख २४ हजार ८०० रुपैयाँ पुग्नेछ । गत वर्ष भने यस लघुवित्तले २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
