ज्ञानमाण्डू। नेपाल इन्भेष्टमेण्ट बैंकको नाफा २२.६४ प्रतिशतले घटेकाे छ । आ.व. २०७५/७६ को चाैथाे त्रैमास सम्ममाबैङ्कले ३ अर्ब ३२ करोड ४१ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैंकले २ अर्ब ५७ करोड १६ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।  
१४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्भेष्टमेण्ट बैंकले १ खर्ब ६६ अर्ब ३६ करोड २१ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब ४५ करोड ७५ लाख १३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ११ अर्ब ४१ करोड ५५ लाख ९५  हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ६२ कराेड ३१ लाख रूपैयाँ  रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६.६९ प्रतिशतले घटेर ५ अर्ब ७६ करोड १ लाख ९७ हजार रुपैयाँ पुगेकाे छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६.६९ प्रतिशतले घटेर ५ अर्ब ७६ करोड १ लाख ९७ हजार रुपैयाँ पुगेकाे छ ।
त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ६५ करोड २३ लाख ६६ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात २.९१ प्रतिशत छ ।  बैङ्कको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ७४ पैसा छ र  मूल्य   आम्दानी अनुपात २३.८८ गुणा छ ।
 
         
             
     
    
 
     
     
    
 
                                                         
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            