प्रभु बैङ्कको नाफा २ अर्ब ६० कराेड, प्रतिशेयर आम्दानी २० रुपैयाँ ४६ पैसा

Prabhu Bank

ज्ञानमाण्डू। प्रभु बैङ्कको नाफा ५१ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ७२ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैंकले २ अर्ब ६० कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु बैङ्कले १ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब ५५ करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब ५७ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २३.१ प्रतिशतले बढेर ६ अर्ब १८ करोड रुपैयाँ पुगेकाे छ ।त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब ४१ कराेड रुपैयाँ रहेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.२० प्रतिशत र प्रतिशेयर आम्दानी २० रुपैयाँ ४६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ १६ पैसा र पछिल्लाे काराेबार मूल्य रू २१३ काे आधारमा मूल्य आम्दानी अनुपात १०.४१ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x