नेप्से १३३७.०४ अङ्कमा


ज्ञानमाण्डू।आज नेप्से १२.०९ अङ्कले घटेर १३३७.०४ पुगेको छ । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै १२.०९ अङ्कले उरालो लागेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.९२ ले घटेर २८४.९९ मा पुगेको छ ।


नेप्से ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्बमाथि रहेको छ । कूल १७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर रु एक अर्ब ५७ करोड एक लाख ६६ हजार १६३ मूल्यमा खरिद बिक्री भए । आज विकास बैंक उपसमूह ५.०१ अङ्कले, फाइनान्स उपसमूह ०.६३ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह २८.७९ अङ्कले र अन्य उपसमूह्र ०.९ अङ्कले बढेका छन् भने बैकिंग उपसमूह १३.९८ अङ्कले, ट्रेडिङ उपसमूह ७.७२ अङ्कले, होटेल उपसमूह ७४.२३ अङ्कले, हाइड्रोपावर उपसमूह १६.४८ अङ्कले, उत्पादन उपसमूह ११.५५ अङ्कले, माइक्रोफाइनान्स उपसमूह २२.८८ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ७६.६१ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.१४ अङ्कले घटेका छन् ।

नेप्सेका अनुसार कारोवारका आधारमा आज नेपाल इन्सुरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ७० लाख ६३ हजार ५३० बराबरको कारोवार भयो । नेको इन्सुरेन्स रु छ करोड १३ लाख ८४ हजार ३२७, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु चार करोड ५२ लाख सात हजार २७५, ज्योति विकास बैंक रु चार करोड ४० लाख ४२ लाख ९४५, गरिमा विकास बैंक रु तीन करोड ८० लाख ७९ हजार ४२९ र प्रभु बैंकको रु तीन करोड ७५ लाख ६२ हजार १३६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार सपोर्ट माइक्रोफाइनान्स ९.९९, दिव्यश्वरी हाइड्रोपावर ९.६२, नेशनल हाइड्रोपावर ८.४७, नयाँ नेपाल हाइड्रो ६.४०, ज्योति विकास बैंक ५.२४ र विजय लघुवित्तका शेयरधनीले ५.०५ प्रतिशतले कमाए । यस्तै मिथिला लघुवित्त ५.२३, मल्टिपर्पाेज फाइनान्स ४.८२, महिला सहयात्रा माइक्रोफाइनान्स ४.४५, बुटवल पावर कम्पनी ४.०४, सानिमा बैंकको ऋणपत्र ३.९१ र सोल्टी होटलका लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x