राष्ट्रिय वाणिज्य बैङ्कको नाफामा ३७.४३ प्रतिशतको वृद्धि, अन्य सूचक कस्ता ?

Rastriya Banijya Bank Limited

ज्ञानमाण्डू। राष्ट्रिय वाणिज्य बैँकको नाफा ३७.४६ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ७९ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ५ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१४ अर्ब ९४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ५९ अर्ब ३८ कराेड रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब १२ अर्ब ४ कराेड रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्ककाे जगेडा कोषमा १५ अर्ब ५१ करोड ५ लाख रुपैयाँ र सञ्चित मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ ।


बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १७.२३ प्रतिशतले बढेर ९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा ३ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । बैङ्कको निष्क्रिय कर्जा अनुपात २ प्रतिशत रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x