व्यवसाय हेर्दा एनआईसी एशिया एक नम्बरमा, कुन बैंकको व्यवसाय औसत भन्दा माथि ?

ज्ञानमाण्डू। अहिले तेस्रो त्रैमासमा वाणिज्य बैङ्कहरूको नाफामा वृद्धि देखिनुको एउटा प्रमुख कारण अन्य सञ्चालन मुनाफा रहेको छ। मुख्यतः शेयर कारोबार बाट राम्रो मुनाफा लिएका वाणिज्य बैङ्कहरूले खुद व्याज आम्दानीमा भने आकर्षक वृद्धि गर्न नसकेको देखिन्छ।

दीर्घकालीन रूपमा हेर्दा बैङ्कले कमाउनु पर्ने भनेकै कर्जा प्रवाह मार्फत नै हो। अन्य श्रोतबाट आएको आम्दानी सधैँ आउँछ भन्ने पनि छैन। त्यसैले दीर्घकालीन रूपमा हेर्दा बैङ्कले कस्तो प्रदर्शन गर्छ भन्ने कुरा बैङ्कको मुख्य निक्षेप र कर्जामा भर पर्दछ। किनकि बैङ्कको प्रमुख आम्दानीको श्रोत भनेकै खुद व्याज आम्दानी हो र व्याज आम्दानी बैङ्कले कर्जा प्रवाहबाट प्राप्त गर्दछ र कर्जा प्रवाहका निमित्त बैङ्कलाई निक्षेपको आवश्यकता पर्दछ।

निक्षेप सङ्कलनको अवस्था

२७ वाणिज्य बैङ्कले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३८ खर्ब निक्षेप सङ्कलन गरेका छन्। एनआईसी एशिया बैङ्कले सबै भन्दा धेरै २ खर्ब ७५ अर्ब निक्षेप सङ्कलन गर्न सफल भएको छ भने दोस्रोमा ग्लोबल आइएमई बैङ्कले २ खर्ब ४४ अर्ब निक्षेप सङ्कलन गरेको छ। त्यस्तै सरकारी बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कले २ खर्ब ४० अर्ब निक्षेप सङ्कलन गरेको छ। औसतमा वाणिज्य बैङ्कले १ खर्ब ४१ अर्ब निक्षेप सङ्कलन गरेका छन्। २७ वाणिज्य बैङ्क मध्य १२ वाणिज्य बैङ्कले औसत भन्दा धेरै निक्षेप सङ्कलन गरेका छन् ।

औसत भन्दा धेरै निक्षेप सङ्कलन गर्ने बैङ्कहरू :

एनआईसी एशिया बैङ्क, ग्लोबल आईएमई बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, नबिल बैङ्क, सिद्धार्थ बैङ्क,नेपाल इन्भेष्टमेण्ट बैङ्क, प्रभु बैङ्क, एभ्रेष्ट बैङ्क, एनएमबी बैङ्क, नेपाल बैङ्क, कृषि विकास बैङ्क र प्राइम कमर्सियल बैङ्क।

कर्जा प्रवाहको अवस्था

२७ वाणिज्य बैङ्कले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३४ खर्ब कर्जा लगानी गरेका छन्। सबै भन्दा धेरै २ खर्ब ४८ अर्ब कर्जा प्रवाह एनआईसी एशिया बैङ्कले गरेको छ भने दोस्रोमा ग्लोबल आइएमई बैङ्कले २ खर्ब २३ अर्ब कर्जा प्रवाह गरेको छ। त्यस्तै नबिल बैङ्कले १ खर्ब ८६ अर्ब कर्जा प्रवाह गर्न सफल भएको छ। औसतमा वाणिज्य बैङ्कले १ खर्ब २६ अर्ब कर्जा लगानी गरेका छन्। २७ वाणिज्य बैङ्क मध्य १३ वाणिज्य बैङ्कले औसत भन्दा धेरै कर्जा लगानी गरेका छन्।

औसत भन्दा धेरै कर्जा प्रवाह गर्ने बैङ्कहरू :

एनआईसी एशिया बैङ्क, ग्लोबल आईएमई बैङ्क, नबिल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल इन्भेष्टमेण्ट बैङ्क, सिद्धार्थ बैङ्क, एनएमबी बैङ्क, कृषि विकास बैङ्क प्रभु बैङ्क, मेगा बैङ्क, कुमारी बैङ्क, प्राइम कमर्सियल बैङ्क र नेपाल बैङ्क।
Disclaimer: This analysis done from the publicly available data is for educational purpose only. Contents of this post is strictly prohibited for Stock Trading purpose.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x