माछापुच्छ्रे बैङ्क कर्पोरेट सुपर सिक्स प्रतियोगिता शनिबारबाट सुरु


ज्ञानमाण्डू।माछापुच्छ्रे बैङ्क कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । यही फागुन ३ गते देखि ७ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुने भएको छ । उक्त प्रतियोगितामा विभिन्न २३ टोलीले सहभागिता जनाउने छन् । माछापुच्छ्रे बैङ्क र एसएस इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैङ्क कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको हो ।


उक्त पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे बैङ्क लि. का प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउँदै माछापुच्छ्रे बैङ्कले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरूको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यनजर गर्दै बैङ्कले यो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए । प्रमुख कार्यकारी अधिकृत, शर्माले यो वर्षको माछापुच्छ्रे बैङ्क, Corporate Super Sixes Tournament कर्पोरेट क्षेत्रको मात्र नभएर मात्र नभएर देशकै एउटा क्रिकेट उत्सवको रूपमा मनाउने तयारी रहेको बताए ।

एसएस इभेन्ट्स प्रालिको आयोजना तथा माछापुच्छ्रे बैङ्क लि.को मुख्य प्रायोजनमा आयोजना हुने उक्त प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले यमाहाको तर्फबाट एफजेड भी बाईक प्राप्त गनेर्छन् । प्रतियोगिता ५ ओभरको हुनेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडी, ब्याट्सम्यान, बलर,फिल्डर, विकेटकिपरसहित सर्वाधिक छक्का प्रहार गने र्खेलाडीलाई पुरस्कृत गरिनेछ ।


माछापुच्छ्रे बैङ्क, सेन्चुरी बैङ्क, सिभिल बैङ्क, एनआईसी एसिया बैङ्क, सनराइज बैङ्क, नबिल बैङ्क, नेपाल राष्ट्र बैङ्क, कुमारी बैङ्क, मेगा बैङ्क, ग्लोबल आईएमई बैङ्क, कामना सेवा विकास बैङ्क, प्राइम कमर्शियल बैङ्क, आईसीएफसी फाइनान्स, गोर्खा वित्त , एनसेल ए, एनसेल बी, नेपाल टेलिकम, सूर्य नेपाल, सिप्रदी, सुबिसु, भारतीय दूतावास, नेपाल जीवन बिमा लगायतका २३ कर्पोरेट हाउसहरूले यो वर्षको माछापुच्छ्रे बैङ्क कर्पोरेट सुपर सिक्स प्रतियोगिता सहभागिता जनाएको कुरा बैङ्कले प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

सहभागी टोलीलाई विभिन्न समूहमा विभाजित गरिनेछ, प्रत्येक टोलीले आफ्नो समूहमा एक अर्कासँग खेल्नेछ र प्रत्येक समूहका शीर्ष २ टोली प्री क्वार्टर फाइनलको लागि योग्य हुनेछन् । प्रतियोगिताका सम्पूर्ण खेलहरू प्राइम टाइम्स टेलिभिजन (प्रसारण पार्टनर) बाट प्रत्यक्ष प्रसारण हुने कुरा पनि बैङ्कले प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x