धितोपत्र बजारमा गिरावट, नेप्से २८२३.८७ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक
एकल अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव १३ अंकले घटेर २८२३ दशमलव ८७ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ३२ अंकले घटेर ५२२ दशमलव ३७ को विन्दुमा पुगेको छ ।
 
आज कूल २२० कम्पनीका १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर रु ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये सात् उपसमूहको शेयर ऒरालो लागेको छ । विकास बैंक उपसमूह १३६ दशमलव ९६ अङ्कले बढ्दा जलविद्युत २ दशमलव ९४ अङ्कले, वित्त उपसमूह ११८.७८ अङ्कले, निर्जीवन बीमा ५.६३ अङ्कले, उत्पादन उपसमूह ५७.०९ अङ्कले र अन्य उपसमूह १८.३१ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ४ दशमलव ०८ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ४९ दशमलव ६८ अङ्कले, ट्रेडिङ उपसमूह २२.४६ अङ्कले, लघुवित्त उपसमूह ४७.६ अङ्कले, जीवन बीमा ११२.४८ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०९ अङ्कले र लगानी उपसमूह २ दशमलव ३९ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x