कृषि विकास बैङ्कको नाफा घटे पनि वितरण योग्य मुनाफा बढ्यो, आकर्षक लाभांश दिन सक्ने क्षमता

agriculture development bank

ज्ञानमाण्डू। कृषि विकास बैङ्कको नाफा २६.१६ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१३ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कृषि विकास बैङ्कले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्ककाे जगेडा कोषमा ११ अर्ब २२ करोड रुपैयाँ र सञ्चित मुनाफा ३ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १३.३० प्रतिशतले बढेर ७ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा ३ अर्ब ९० करोड रुपैयाँ रहेको छ । उक्त वितरण योग्य मुनाफाकाे आधारमा कृषि विकास बैङ्कले आफ्ना शेयरधनिहरूलाई २९.६२ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात १.६८ प्रतिशत र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९३ पैसा छ भने प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ २५ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ३३१.९० काे आधारमा मूल्य आम्दानी अनुपात १८.५१ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x