मुलुकलाई नैतिक शिक्षाको खाँचो

ज्ञानमाण्डू।गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले मुलुकलाई नैतिक शिक्षाको खाँचो रहेको बताएका छन् । पोखरा–१३ लामोडहरस्थित राइजिङ स्टार एकेडेमीको नवनिर्मित भवनको उद्घाटन तथा २१औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै उनले विकसित घटनाक्रमले नैतिक शिक्षाको आवश्यकता रहेको भनाइ राखे । 

प्रदेश प्रमुख शेरचनले परम्परागत शैक्षिक प्रणालीले देश विकासलाई अघि बढाउन नसक्ने हुँदा व्यावसायिक र प्राविधिक शिक्षा अवलम्बन गर्नुपर्ने बताए । उनले भने ,“अङ्ग्रेजी भाषा बोल्न जान्दैमा गुणस्तरीय शिक्षा हुन सक्दैन । भाषा शिक्षाको माध्यम मात्र हो । ” 

पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गङ्गाबहादुर गुरुङले निजी विद्यालयले कूल विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने सरकारी नीति रहेको बताए ।

विद्यालयका निर्देशक ज्ञानबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा एनप्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, स्थानीय बुद्धिजीवी विष्णु बराल, प्याव्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा, एनप्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, राइजिङ स्टार एकेडेमीका प्राचार्य सञ्जय पौडेल, विद्यार्थी खुसी विक, शिक्षिका अञ्जु दाहाललगायतले शिक्षाको महत्त्वमाथि प्रकाश पारेका थिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x