लकडाउन : सडक निर्माणका लागि अवसर

ज्ञानमाण्डू। हेटौँडालाई काठमाडौँसँग जोड्ने चल्तीको मदन भण्डारी मार्गलाई फराकिलो पार्न लकडाउन वरदान सावित भएको छ । सडक खाली भएकाले अहिले वाग्मती प्रदेश सरकारले सो मार्गअन्तर्गतको भीमफेदी–कुलेखानी सडकखण्डलाई निर्धक्कसँग फराकिलो बनाउने काम भइरहेको छ । 

“लकडाउनका कारण देशमा असहजिलो स्थिति छ, तर हामीले यसलाई मौकाकै रूपमा सदुपयोग गरेका छौँ, यो चरणमा सम्पन्न गरिने १६ किलोमिटरमध्ये आठ किलोमिटर सडक फराकिलो बनाउने काम सम्पन्न भइसकेको छ”, वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले भने । दूरी व्यवस्थापनलगायत कोरोना भाइरससँग सम्बन्धित सबै प्रकारका सुरक्षा र सावधानीलाई पूर्णरूपमा पालना गर्दै काम गरिएको मन्त्री फुँयालले जानकारी दिए । 

भीमफेदीबाट कुलेखानीसम्मको १५.५ किलोमिटर सडक फराकिलो पारी कालोपत्र गर्ने कार्यका लागि प्रदेश सरकारले रु ३२ करोडमा मोतीदाना कम्पनीलाई ठेक्का दिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदी–देउराली र देउराली–कुलेखानी गरी दुई खण्डमा निर्माण गर्ने गरी बोलपत्र आह्वान गरेको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले चार मिटरको हालको बाटोलाई छ मिटरको चौडा बनाएर २०७७ फागुनसम्ममा कालोपत्र तथा ढलसमेतको काम सम्पन्न गरिसक्नुपर्ने छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x