सांग्रिला डेभलपमेन्ट बैङ्कको नाफामा ५८.८७ प्रतिशतकाे वृद्धि, अन्य सूचक कस्ता ?

shangrila development bank
ज्ञानमाण्डू। सांग्रिला डेभलपमेन्ट बैङ्कको नाफा ५८.८७ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले १६ कराेड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दाेस्राे त्रैमास सम्ममा बैंकले २६ कराेड १८ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सांग्रिला डेभलपमेन्ट बैङ्कले ४५ अर्ब ९२ कराेड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ४६ कराेड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ७२ करोड ४२ लाख रुपैयाँ र संचित मुनाफा २० कराेड ८२ लाख रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४६.८१ प्रतिशतले बढेर ७९ करोड ५८ लाख रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १८ कराेड ४ लाख रुपैयाँ रहेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.१५ प्रतिशत र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा र पछिल्लाे काराेबार मूल्य रू ४३८ काे आधारमा मूल्य आम्दानी अनुपात २५.१९ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x