निफ्राको नाफा १ अर्ब माथि, वितरण योग्य मुनाफामा २२.६३ प्रतिशतको वृद्धि


ज्ञानमाण्डू। नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको नाफा २२.५३ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ८३ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले २ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १० अर्ब १५ करोड रुपैयाँ र सञ्चित मुनाफा ३ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर १० अर्ब ७४ करोड रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी ३९८.१९ प्रतिशतले बढेर ९६ लाख ३५ हजार रुपैयाँ पुगेको छ। त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा ८० करोड ८५ लाख रुपैयाँ रहेको छ । उक्त वितरण योग्य मुनाफाकाे आधारमा निफ्राले आफ्ना शेयरधनिहरूलाई ३.७४ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

बैङ्कको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ४ पैसा र पछिल्लाे काराेबार मूल्य रू २४० काे आधारमा मूल्य आम्दानी अनुपात ५०.५३ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x