मंगलबार समायोजन भएका दुई लघुवित्त र एक विकास बैंकको शेयरमूल्य समायोजन पछिको भाउ कति ?


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार चैत १० गते, दुई लघुवित्त र एक विकास बैंकको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले मंगलबार सांग्रिला विकास बैंक लिमिटेड सहित महुली लाघुवित्त वित्तिय संस्था लिमिटेड र डेप्रोक्स लाघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयर पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।



नेप्सेले मंगलबार सांग्रिला विकास बैंक लिमिटेडको ५ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजनपश्चात सांग्रिला विकास बैंकको शेयरमूल्य २०२ रुपैयाँ निर्धारण भएको छ।

सोही मूल्यलाई आधार मानेर मंगलबार सांग्रिला विकास बैंक लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले बैंकको अघिल्लो कारोबारी दिन अर्थात सोमबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता २१२ रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।


सांग्रिला विकास बैंक संगै, नेप्सेले मंगलबार महुली लाघुवित्त वित्तिय संस्था लिमिटेड २० प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात महुली लाघुवित्तको शेयरमूल्य दुई हजार एक सय ८८ रुपैयाँ निर्धारण भएको छ।

सोही मूल्यलाई आधार मानेर मंगलबार महुली लाघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात सोमबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता दुई हजार छ सय २५ रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।



सांग्रिला विकास बैंक र महुली लाघुवित्त वित्तिय संस्था लिमिटेड संगै, नेप्सेले मंगलबार डेप्रोक्स लाघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात डेप्रोक्स लाघुवित्तको शेयरमूल्य एक हजार सात सय २० रुपैयाँ निर्धारण भएको छ।

सोही मूल्यलाई आधार मानेर मंगलबार डेप्रोक्स लाघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात सोमबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता दुई हजार छ सय २५ रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x