धितोपत्र बजारमा गिरावट, नेप्से २८१५.३९ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक केही अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव २ अंकले घटेर २८१५ दशमलव ३९ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव २८ अंकले घटेर ५०३ दशमलव ७० को विन्दुमा पुगेको छ ।


आज कूल २१५ कम्पनीका ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता शेयर रु १४ अर्ब ७६ करोड ८८ लाख ०८ हजार ४९२ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये ट्रेडिङ उपसमूह २८१ दशमलव ५३ अङ्कले बढ्दा विकास बैंक ११४.३ अङ्कले, जलविद्युत् उपसमूह १३१.७८ अङ्कले, वित्त ३६.८१ अङ्कले, निर्जीवन बीमा १४२.२९ अङ्कले, उत्पादन ३२.६ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ०८अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ६ दशमलव ४६ अङ्कले, होटल तथा पर्यटन १४.८३ अङ्कले, अन्य उपसमूह २४.०२ अङ्कले, लघुवित्त १९१.६९ अङ्कले, जीवन बीमा १३६.३६ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ६७ अङ्कले घटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x