बालबालिकाकोे सर्वेक्षणका लागि अभिमुखीकरण

ज्ञानमाण्डू।बालमैत्री स्थानीय शासन वडा समन्वय समितिको आयोजना एवं पोखरा महानगरपालिका–९ को सहयोगमा वडाभित्रका बालबालिकाको अवस्था सर्वेक्षण विषयक अभिमुखीकरण तालीम दिइएको छ । 

वडाभित्रका घरधुरी, परिवारसँगै बालबालिकाको अवस्थालगायतका विषयमा तथ्याङ्क सङ्कलन गर्नका लागि टोल विकास संस्था र आमा समूहका ५० व्यक्तिलाई अभिमुखीकरण तालीम दिएको वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिए । 

सर्वेक्षणमा समग्र परिवारको विषयवस्तुलाई समेटिएको उल्लेख गर्दै उनले विशेष प्राथमिकता बालबालिकालाई राखिएको बताए । वडाध्यक्ष लामिछानेले बालअधिकारको क्षेत्रमा वडाले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बताउँदै १८ वर्ष उमेर समूहसम्मका बालबालिकाको अधिकारलाई सुनिश्चित गर्नका लागि सर्वेक्षणले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । 

टोल विकास संस्था समन्वय समितिका अध्यक्ष उत्तम जोशीले बालमैत्री वडा बनाउनका निम्ति यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले वडामा बालबालिकाको लागि खेल मैदान र पार्क स्थापना गर्न अति आवश्यक रहेकोमा जोड दिए । वडा नं ९ मा सङ्गम मार्ग टोल विकास संस्था र शान्ति दर्शन टोल विकास संस्था बालमैत्री टोल घोषणा भइसकेका छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x