सिटिजन्स बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच बिप्रेषण सम्झौता

ज्ञानमाण्डू। सिटिजन्स बैंक इन्टरनेसनल र भाटभटेनी मनी ट्रान्सफरबिच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पश्चात भाटभटेनीमनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनै पनि शाखाबाट सहज र सरल ढंगले प्राप्त गर्न सकिने भएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
“योर पार्टनरफर प्रोग्रेस”भन्ने नाराका साथ नेपाली जनताको घरदैलोमा बैंकिंङ सेवा पु¥याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई सेवा पुर्याउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x