धितोपत्र बजारमा ४०.६८ अंकको वृद्धि, नेप्से परिसूचक २५६८.२५ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ६८ अंकले बढेर २५६८ दशमलव २५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव १३ अंकले बढेर ४८० दशमलव ०६ को विन्दुमा पुगेको छ ।


आज कूल २३२ कम्पनीका ४५ लाख ०२ हजार ५११ कित्ता शेयर रु २ अर्ब २५ करोड ०१ लाख १७ हजार २९६ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह ३ दशमलव ८३ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ९.१७ अङ्कले, होटल तथा पर्यटन उपसमूह ७७.४४ अङ्कले, विकास बैंक उपसमूह १४४.३५ अङ्कले, जलविद्युत उपसमूह ७३.९८ अङ्कले, वित्त उपसमूह ६६.३ अङ्कले, निर्जीवन बीमा १९१.२ अङ्कले, उत्पादन उपसमूह ८७.७१ अङ्कले, अन्य उपसमूह ८२.२६ अङ्कले, लघुवित्त उपसमूह ७१.०२ अङ्कले, जीवन बीमा उपसमूह २११.४ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव २ अङ्कले र लगानी उपसमूह २ दशमलव ३३ अङ्कले बढेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x