नबिल बैंकको ब्यक्तिगत मुद्दति खातामा वार्षिक ७.५१% ब्याजदर

ज्ञानमाण्डू।सकेसम्म धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन, मुलुकको विश्वासिलो बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा अत्यन्त आकर्षक योजना शुरू गरेको जानकारी दिएको छ । नेपलीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर प्रदान गर्ने हुनाले यस योजनाले आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्याउनेछ आशा बैंकले गरेको जनाएको छ ।



नबिल बैंकले आफ्नो ब्यक्तिगत मुद्दति खाताको ब्याजदरलाई बढाएर ७.५१ प्रतिशत बनाएको छ, जुन ६ महिना भन्दा माथिको ब्यक्तिगत मुद्दति खाताहरुमा लागू हुने जानकारी बैंकले दिएको छ । यस ब्याजदरका साथ नबिल बैंकले ब्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको उल्लेख गरेको छ ।

सन् १९८४ देखि आफ्ना आदरणीय ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दैआएको नबिल बैंकका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको बैंकले जनाएको छ।  तथा बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा रहेको बताएको छ । 

ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात तर्फ केन्द्रित रही ग्राहकसँग एउटा परिवार जस्तै गरी सँगै अघि बढ्नेमा विश्वास लिएको बैंकले यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ। 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x