मेरो माइक्रोफाइनान्समा कर्मचारीहरूको आवश्यकता, +2 पासका लागि सुनौलो अवसर



Click here to join viber community for all Vacancy Updates.

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । नेपालका ९ वटा बैकहरुद्वारा संयुक्त रुपमा प्रवर्द्धित यस वित्तीय संस्थाले हाल देशका ६४ बटा जिल्लामा १४१ बटा शाखा कार्यालयहर मार्फत लघुवित्त कारोबार गर्दै आइरहेको छ । यस संस्थाले मौजुदा तथा नयाँ खुल्ने शाखा कार्यालयहरुका लागि देहायबमोजिमको जनशक्ति आवश्यक पर्ने भएकोले योग्यता पुगेका इच्छुक तथा अनुभबी नेपाली नागरिकहरुबाट मिति २०७२ श्रावण २५ गतेसम्म कार्यालय समयभित्र निम्न ठेगानामा आइपुग्ने गरी तोकिएको नमूनाबमोजिमको रीतपूर्वक दरखास्त आव्हान गरिन्छ।

क्र.सं. : १

विज्ञापन नं. : ०१/२०७९/८० (खुल्ला )

पद : व्यवस्थापन

श्रेणी : अधिकृत/सहायक

संख्या : केही

शैक्षिक/वाञ्छनीय योग्यता : स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण भएको हुनुपर्नेछ । साथै स्नातकमा प्रथम श्रेणी वा ४ GPA मा ३३ भन्दा माथिको शैक्षिक योग्यता हासिल गरी मोटरसाइकल एब चालक अनुमतिपत्र भएका र कम्प्युटर सम्बन्धी दक्ष उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

क्र.सं. : २

विज्ञापन नं. : ०२/२०७९/८० (खुल्ला )

पद : कनिष्ठ सहायक

श्रेणी : सहायक

संख्या : केही

शैक्षिक/वाञ्छनीय योग्यता : न्यूनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उतीर्ण गरी लघुवित्त तथा बैंकिङ्ग क्षेत्रमा कम्तीमा १ वर्षको कार्य अनुभव भएकाले दरखास्त दिन सक्नेछन् । लघुबित्त तथा बैंकिङ्ग क्षेत्रमा २ वर्ष कार्य गरेका (अनुभवी), मोटरसाइकल एवं चालक अनुमतिपत्र भएका र कम्प्युटर सम्बन्धी दक्ष उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।

क्र.सं. :

विज्ञापन नं. : ०३/२०७४/८० (खुल्ला)

पद : कनिष्ठ सहायक (प्रशिक्षार्थी)

श्रेणी : सहायक

संख्या : केही

शैक्षिक/वाञ्छनीय योग्यता : न्यूनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका व्यक्तिले दरखास्त दिन सक्नेछन् । लघुबित्त तथा बैंकिङ्ग क्षेत्रमा कम्तीमा ६ महिना कार्य गरेका (अनुभवी), मोटरसाइकल एवं चालक अनुमतिपत्र भएका र कम्प्युटर सम्बन्धी दक्ष उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।


उमेर :
१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । तर, महिलाको हकमा ५ वर्ष थप हुनेछ।

नोट :

क्र.सं. :  १ (व्यवस्थापन प्रशिक्षार्थी) लाई सन्तोषजनक रुपमा १ वर्ष तालिमे भै कार्य सम्पादन गरेका व्यक्तिलाई निजको कामको मूल्याङ्कन र शैक्षिक योग्यता समेतको आधारका कनिष्ठ अधिकृत बा बरिष्ठ सहायकसम्मको पदमा नियुक्त गर्न बा रोजगार सम्झौता गर्न सकिनेछ। 

क्र. सं. : २ (कनिष्ठ सहायक) पदमा अनुभवको आधारमा ६ महिना परीक्षणकाल (Probation) मा नियुक्ति दिइनेछ तर कार्य अवधि गणना गर्दा परीक्षणकाल समेतलाई स्थायी अवधिमा गणना गरिनेछ । 

क्र.सं. : ३ को (कनिष्ठ सहायक प्रशिक्षार्थी) पदमा १ वर्ष प्रशिक्षण (Trainee) मा नियुक्ति दिइनेछ र तत्पश्चात कार्यसम्पादन स्तर सन्तोषजनक भएमा स्थायी नियुक्ति दिईनेछ।

अन्य जानकारी
१. परीक्षाको किसिम : आवश्यकता अनुसार लिखित परीआ, अन्तरवार्ता, प्रस्तुतिकरण, कम्प्यूटर र प्रयोगात्मक ।
२. परीक्षा दस्तुर : छनौट सूचीमा परेका उम्मेदवारहरुले छनौट सूची प्रकाशित गरेको ७ दिन भित्रमा मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय बट्टार, नुवाकोटको नाममा ग्लोबल आइएमई बैंक लि. कान्तिपथ शाखामा रहेको खाता नं. ०१०१०१०००७०९२ मा रु. ५००/- परीआ दस्तुर जम्मा गर्नु पर्नेछ । रकम जम्मा गरेको भौचर लिखित परीक्षामा सहभागी हुन आउँदा लिई आउनु पर्नेछ ।
३. आवेदन पठाउने ठेगाना: apply.meromicrofinance.com मा गई अनलाइन फारममा भएका विवरणहर भर्न सकिनेछ । रीत नपुगी वा म्याद नाघी आएको दरखास्त उपर कुनै कारबाही हुने छैन । रीतपूर्वक प्राप्त आवेदनमध्ये छोटो सूचीमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियाको लागि सम्पर्क गरिनेछ।

(नोट : कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहित रहनेछ ।)

केन्द्रीय कार्यालय:

विदुर -४, बट्टार, नुवाकोट  

फोन नं. : ०१०-५६१७४७ 

सम्पर्क कार्यालय:  

सितापाइला, काठमाडाैँ

सम्पर्क नं. : ०१-५३१५४३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x