धितोपत्र बजारमा ५९.५४ अंकको वृद्धि, नेप्से परिसूचक १९८६.८२ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ५४ अंकले बढेर १९८६ दशमलव ८२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १२ दशमलव ४२ अंकले बढेर ३८१ दशमलव ३७ को विन्दुमा पुगेको छ ।


आज कूल २२५ कम्पनीका ५७ लाख ८७ हजार १२६ कित्ता शेयर रु २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह २४ दशमलव ८५ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १०३.९८ अङ्कले, होटल तथा पर्यटन उपसमूह ९६.६८ अङ्कले, विकास बैंक उपसमूह २०३.६७ अङ्कले, जलविद्युत उपसमूह १०४.१२ अङ्कले, वित्त उपसमूह १०२.१३ अङ्कले, निर्जीवन बीमा १४४.२९ अङ्कले, उत्पादन उपसमूह १४१.०३ अङ्कले, अन्य उपसमूह ६६.८६ अङ्कले, लघुवित्त उपसमूह १३८.६७ अङ्कले, जीवन बीमा उपसमूह १७०.३४ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव ५९ अङ्कले र लगानी उपसमूह २ दशमलव ४३ अङ्कले बढेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x